३ कार्तिक २०८३, मंगलबार

दुई नयाँ निर्देशकका ‘राज्जा रानी’ र ‘फिर्के’ रिलिज

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई नेपाली फिल्म ‘राज्जा रानी’ तथा ‘फिर्के’ शुक्रबार रिलिज भएका छन् । ‘राज्जा रानी’ सोसल ड्रामा फिल्म हो भने ‘फिर्के’ कमेडी फिल्म हो ।

तराई क्षेत्रमा रहेको दाइजोका कारण छोरीले भोग्नुपरेको दाइजो हिंसामा ‘राज्जा रानी’ आधारित छ । फिल्मको शीर्ष पात्रमा नाजिर हुसैन तथा केकी अधिकारीको अभिनय रहेको छ ।

‘राज्जा रानी’लाई यम थापाको निर्देशन गरेका हुन् । यो फिल्म थापाको डेब्यू फिल्म हो । केकी तथा नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरूको अभिनय छ ।

‘ईकु’ नामबाट दर्शकहरूमा चर्चित रहेका सुलेमान शंकर निर्देशित ‘फिर्के’ले शहर आएपछि एउटा ग्रामीण युवकले गर्ने संघर्षको कथा हाँस्य रुपमा पस्केको छ ।

‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । ‘फिर्के’ डंगोलको डेब्यू फिल्म हो । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा, बसन्त तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।