२९ आश्विन २०८३, बिहिबार

चोरी भयो संसारको सबैभन्दा महंगो भोड्काको बोतल, यति थियो मुल्य

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संसारको सबैभन्दा महंगो भोड्का रुस्सो बाल्टिक भोड्का (Russo-Baltique vodka) ।

एजेन्सी । डेनमार्कको क्याफे–३३ बारबाट संसारको सबैभन्दा महंगो भोड्काको बोतल चोरी भएको छ । संसारकै महंगो बोतल चोरी भएसँगै डेनमार्कमा हल्लीखल्ली मच्चीएको छ । डेनमार्क प्रहरीले यस सम्बन्धी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चोरी भएको सो बोतलको मुल्य १.३ मिलियन डलर अर्थात करिव १३ करोड रुपैयाँ पर्ने बताइएको छ । डेनमार्कको सो बारमा संसारका विभिन्न महंगा रक्सीहरुको संकलन गरेको छ । कतिपय रक्सी त यहाँ हेर्नको लागि मात्रै पनि राख्ने गरिन्छ । जसमध्ये रसियन कम्पनी डार्ज मोटर्ज (Dartz Motor Company)ले उत्पादन गरेको संसारको सबैभन्दा महंगो भोड्का रुस्सो बाल्टिक भोड्का (Russo-Baltique vodka) पनि एक थियो । यसको बोतल सुन र चाँदीबाट बनाइएको छ । त्यतिमात्रै नभई सो बोतलमा हिरा तथा महंगा पत्थरहरुको प्रयोग गरेर डिजाइन पनि गरिएको छ । त्यसमा भरिने रक्सी पनि संसारको महंगो रक्सीहरुमा पर्छ ।

बारका मालिक ब्रायन इनबर्ग (Brian Ingberg)ले फेसबुकमार्फत आर्फत आफ्नो क्याफेबाट संसारको सबैभन्दा महंगो भोड्काको बोतल चोरी भएको जानकारी दिएका थिए । कसैले राति क्याफेको साँचो चोरेर बोतल चोरी गरेको उनले बताए । उनले सो बोतल एक रसियन व्यापारीसँग उधारोमा लिएको र त्यसको कुनै बीमा पनि नभएको बताएका छन् । -बीबीसी