मुम्बई । पत्नी मलाइका अरोरासँग डिभोर्स गरेर बसेका बलिउड अभिनेता अरबाज खान हालै बान्द्राको स्मोक हाउसमा एक युवतीका साथ भेटिएका छन् ।
अरबाजसँग भेटिएकी ती युवतीले पत्रकारहरूलाई छल्न खोजेको बताइएको छ । उनले आफ्नो अनुहार पत्रकारहरूसँग लुकाउँदै अटो रिक्सामा बसेकी थिइन् । खासमा ती युवती को थिइन् भन्नेचाहिँ पत्ता लागेको छैन ।
पत्नीसँग छुट्टिएपछि अरबाज गर्लफ्रेन्डका साथ हिँड्ने गरेको बताइएको छ । स्मोकी हाउसबाहिर पनि उनी गर्लफ्रेन्डका साथमा रहेको भारतीय मिडियाको दाबी छ ।
मलाइकासँग सम्बन्ध चिसिँदै गएका बेला अरबाज एजेक्जेन्ड्रा नामक विदेशी गर्लफ्रेन्डको प्रेममा रहेको खबर आएको थियो ।
त्यस बेला अरबाजले आफू प्रेममा रहेको कुरा स्वीकारेका थिए । मलाइका पनि एकजना विदेशीको अफेयरमा रहेको बताइएको छ ।
डिभोर्सपछि अरबाज र मलाइकाको धेरै ठाउँमा, धेरैपटक भेट भइसकेको छ । उनीहरू छुट्टिएको भए पनि छोराका कारणले एक–अर्काबीच राम्रै सम्बन्ध रहेको बताउने गरेका छन् ।
मलाइकाको अफेयर अभिनेता अर्जुन रामपालसँग भएको र त्यही कारणले गर्दा अरबाजसँग छुट्टिएको भारतीय मिडियाले उल्लेख गर्ने गरेका छन् ।
मुख छोप्दै अटोमा लुकेकी ती नारी अरबाजकी नयाँ गर्लफ्रेन्ड भएको बताइएको छ । अरबाजले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । – एजेन्सी















प्रतिक्रिया