३ कार्तिक २०८३, मंगलबार

चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा लालबाबु पण्डित पुगेपछि …

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नाजिर हुसेन अभिनित नेपाली चलचित्र ‘राज्जा रानी’को बुधबार काठमाडौँमा प्रिमियर गरिएको छ । काठमाडौँको राइजिङ मलमा रहेको क्युज सिनेमामा सो चलचित्रको प्रिमियर गरिएको हो ।

मधेशमा रहेको दाइजो प्रथाको विषयलाई लिएर निर्माण गरिएको चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि पुगेका छन् । ‘राज्जा रानी’ उनी श्रीमतीसहित पुगेका थिए । उनले चलचित्र हेरेपछि संक्षिप्त प्रतिकृया दिँदै चलचित्र राम्रो रहेको बताए ।

‘राज्जा रानी’मा मुख्य अभिनय हुसेन र केकी अधिकारीको रहेको छ । यो चलचित्रको छायांकन नेपालगन्जमा गरिएको थियो । चलचित्र ‘राज्जा रानी’मा याम थापाको लेखन तथा निर्देशन रहेको छ ।