काठमाडौँ, १८ पुस । पोखरामा माघ १९ देखि २२ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सो महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा नेपालसहित विभिन्न देशका १३ वटा फिचर चलचित्र तथा ४० वटा लघु चलचित्र गरी ५३ वटा चलचित्रहरु प्रर्दशन गरिने प्रतिष्ठानले जनाएको छ । जसमा नेपालका ‘देश खोज्दै जाँदा’, ‘तान्द्रो’, ‘प्रतिबद्धता’ जस्ता फिचर चलचित्र प्रदर्शन गरिने छ । पहिलो संस्करणको यो फेस्टिभलमा थाइल्यान्ड, ब्राजिल, इटली, श्रीलंका, अस्ट्रेलिया, सिंगापुर, ताइवान, मलेसिया, फ्रान्स, भारत, अफगानिस्तान, फिलिपिन्स, जर्जिया, इराक, अमेरिका, बंगलादेश, जर्मनी, इरान, चिली, सिरिया, रसिया, ग्रिस, चीन, बस्कोर्तोस्थान, चेक रिपब्लिक, काजाकस्तान र स्विटजरल्याण्डका चलचित्र प्रदर्शन हुनेछन् ।















प्रतिक्रिया