३ कार्तिक २०८३, मंगलबार

२०१७ मा बलिउडका कुन फिल्मले गरे अत्याधिक कमाई ? हेर्नुहोस सुची

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सन् २०१७ मा बलिउडमा निकै उताडचढाव देखिए । कुनै फिल्म अनपेक्षित रुपमा हिट भए भने आशा गरिएका केही फिल्म फ्लप भए । गत वर्ष बलिउडका केही सुपरस्टारहरुका फिल्म पनि फ्लप भएको देखियो । तर केही चलचित्रले भने राम्रो कमाई गरे ।

वितेको वर्षलाई फर्केर हेर्दा ‘बाहुबली–२’ले ४६८ प्रतिशत मुनाफा निकाल्यो । त्यति नै बेला अक्षय कुमारको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ले ४५६ प्रतिशत मुनाफा निकाल्दै ‘बाहुबली–२’लाई भेट्टाउन खोज्यो । गतवर्ष यस्ता फिल्म पनि आए जसले कम लगानीमा बनेर धेरै लगानीबाट बनेका फिल्मलाई टक्कर दिए । जसमा ‘लिपस्टिक अण्डर माई बुर्खा’ र ‘न्युटन’ जस्ता फिल्म रहेका छन् ।

यी हुन् २०१७ मा लागनीको तुलनामा बढि आम्दानी गर्ने बलिउडका फिल्महरुः

बाहुबली–२ (हिन्दी संकरण)

बजेटः ९० करोड
कमाईः ५११ करोड
मुनाफा प्रतिशत: ४६८ %

टोइलेटः एक प्रेम कथा

बजेटः २४ करोड
कमाईः १३३ करोड
मुनाफा प्रतिशत: ४५६ %

फुकरे रिटर्न्स

बजेटः २२ करोड
कमाईः ७६ करोड
मुनाफा प्रतिशतः २४७ %

हिन्दी मिडियम

बजेटः २२ करोड
कमाईः ६९ करोड
मुनाफा प्रतिशतः २१३ %

जोली एलएलबी–२

बजेटः ४५ करोड
कमाईः ११७
मुनाफा प्रतिशतः १६० %

बद्रीनाथकी दुलहनियाँ

बजेटः ४५ करोड
कमाईः ११६ करोड
मुनाफा प्रतिशतः १५९ %

लिपस्टिक अण्डर माई बुर्खा

बजेटः ७ करोड
कमाईः १८ करोड
मुनाफा प्रतिशतः १५७ %

गोलमाल अगेन

बजेटः ८० करोड
कमाईः २०५ करोड
मुनाफा प्रतिशतः १५७ %

काबिल

बजेटः ५० करोड
कमाईः १२६ करोड
मुनाफा प्रतिशतः १५३ %

सिक्रेट सुपरस्टार

बजेटः २५ करोड
कमाईः ६२ करोड
मुनाफा प्रतिशतः १४८ %

शुभ–मंगल सावधान

बजेटः १७ करोड
कमाईः ४२ करोड
मुनाफा प्रतिशतः १४६ %

न्युटन

बजेटः ९ करोड
कमाईः २२ करोड
मुनाफा प्रतिशतः १४६ %

जुडवा–२

बजेटः ६५ करोड
कमाईः १३८ करोड
मुनाफा प्रतिशतः १२२ %