काठमाडौँ । चलचित्र छायांकनको लागि लण्डन जाने प्रयासमा रहेकी पछिल्लो समयकी हिट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसा पुनः रिजेक्ट भएको छ । बेलायतले उनलाई भिसा दिन दोस्रो पटक पनि अस्वीकार गरेको हो ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को छायाँकनका लागि बेलायत जान उनले भिसा आवेदन दिएकी थिइन् । तर बेलायतले भने उनले भिसा दिन इन्कार गरिरहेको छ । तर साम्राज्ञीलाई अन्य देश जान भने समस्या भएको छैन । हालै मात्र उनी ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेकी थिइन् । तर बेलायतले भने उनलाई पत्याइरहेको छैन ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ सम्पूर्ण छायांकन बेलायन गर्ने भनिएको भएपनि साम्राज्ञीको भिसा नपाउँदा छायांकन सुरु हुन सकेको छैन । चलचित्र छायाँकनका लागि निर्देशक रेनेसा राई र कलाकार धिरज मगर भने बेलायतमै छन् ।















प्रतिक्रिया