
मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिकमा प्रवेश गर्ने घोषणा गरेसँगै उनका फ्यानहरुमा खुसीयाली छाएको छ । रजनीकान्तको यो घोषणा आएसँगै फ्यानहरुले दिपावली मनाएका हुन् ।
रजनीकान्तले आफ्नै पार्टी बनाउने घोषणा गरेका हुन् । उनले तमिलनाडुमा आगामी मे महिनामा हुने विधानसभा चुनाव लड्ने बताएका छन् । उनले भनेका छन्, ‘यो संकटको घडीमा म राजनीतिमा आइन भने मेरो लागि लाजमर्दो विषय हुनेछ ।’ तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताएका छन् । –एजेन्सी















प्रतिक्रिया