मुम्बई । राधिका अप्टे आफ्नो दमदार अभिनयका कारण बलिउडमा लोकप्रिय छिन् । उनी २०१८ जनवरी १८ मा रिलिज हुन लागेको चलचित्र ‘प्याडम्यान’मा नायक अक्षय कुमारको को–एक्टरको रुपमा देखिदैछिन् । चलचित्रमा उनले अक्षयको श्रीमतिको भुमिका निर्वाह गरेकी छिन् ।
नायिका राधिका अप्टेले ‘प्याडम्यान’को प्रोमोसनको क्रममा आफ्नो पहिलो महिनावारीको अनुभव सेयर गरेकी छिन् । उनको पहिलो महिनावारीमा उनकी आमाले पार्टी दिएको उनले खुलासा गरिन् ।
नायिका अप्टेले भनेकी छिन्, ‘म एक मेडिकल पृष्ठभुमि भएको परिवारबाट आएकी हुँ । त्यसैले उहाँहरुले मलाई मेरो महिनावारीको दिन नजिकिदै छ भनेर जानकारी गराउनु भएको थियो । जब म पहिलो महिनावारीको दिनमा घरमा गएर ममिलाई भने तब उहाँले पार्टी नै दिनुभएको थियो । र त्यहि दिनमा उहाँले मलाई घडि उपहार पनि दिनुभयो ।’
महिनावारीको बारेमा कुरा गर्न आफूलाई अप्ठ्यारो नलागे पनि पहिलो पटक ‘प्याड’ किन्न भने निकै डर लागेको बताइन् । उनले आफ्नो डर हटाउनको लागि पसलमा गएर ठूलो स्वरमा प्याड मागेको पनि सुनाइन् । यसबाट आफ्नो डर कम भएको उनले बताइन् ।















प्रतिक्रिया