नयाँदिल्ली । भारतीय फिल्मका सुपरस्टार अभिनेता रजनीकान्तले आफै राजनीतिक दल गठबन गरेर राजनीतिमा आउने घोषणा गरेका छन् ।
रजनीकान्तले आफ्नै पार्टी बनाउने बताएका हुन् । उनले तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका छन् । उनले भने, ‘यो संकटको घडीमा राजनीतिमा आइन भने मेरो लागि लाजमर्दो विषय हुनेछ ।’
तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताएका छन् ।
अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।
प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, ‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’
जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ । – एजेन्सी















प्रतिक्रिया