३ कार्तिक २०८३, मंगलबार

हिरोइनको गुपचुप बिहे

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बुलिउड फिल्म ‘हेट स्टोरी २’की हिरोइन सुरविन चावलाले भने गुपचुपमा बिहे गरेको खबर आएको छ ।

सुरविनले यो वर्ष होइन, सन् २०१५ मै बिहे गरेकी रहिछन् । तर, उनले आफ्नो बिहेको खबर तीन वर्षसम्म गुपचुप राखिरहिन् । सुरविनले ट्विटरमा आफ्ना पति अक्षय ठक्करसँगको फोटो पोस्ट गरेर आफूहरूले तीन वर्षअघि नै बिहे गरेको कुरा सार्वजनिक गरेकी हुन् ।

सुरविन र अक्षयको सन् २०१३ मा भेट भएको बताइन्छ । प्रेममा परेका उनीहरूले सन् २०१५ को जुलाई २८ मा उत्तर इटलीमा निकै गोप्य रूपमा पारिवारिक समारोहमा बिहे गरेका थिए । उनीहरूको बिहेमा फिल्म उद्योगका केही निकट हितैषी भने उपस्थित थिए । तर, सुरविनले बिहे गरेको कुरा उनीहरू कसैले पनि खुलासा गरेनन् ।

आफूले बिहे गरेको खबर सार्वजनिक गर्न आफू उचित अवसरको पर्खाइमा रहेको सुरविनले उल्लेख गरेकी छिन् । टिभी सो ‘कहीँ तो होगा’बाट करिअर सुरु गरेकी सुरविनले बलिउडमा भने ‘हेट स्टोरी–२’ बाट आफ्नो बोल्ड छवि प्रस्तुत गरिन् । अब उनी एकता कपुरको वेबसिरिज हकमा देखिने तयारीमा छिन् । – एजेन्सी