३ कार्तिक २०८३, मंगलबार

पहिले यति मोटी थिइन् सोनाक्षी, फिल्मको लागि घटाइन् ३० केजी तौल

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सोनाक्षी सिन्हा बलिउडकी चर्चित नायिकामध्येकी एक हुन् । उनी हाल एकैसाथ दुई चलचित्रको शुटिङमा व्यवस्त छिन् । उनीको चलचित्र ‘दबंग ३’को आगमी वर्ष शुटिङ हुँदैछ ।

सोनाक्षीले कस्ट्युम डिजाइनरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले सुरुवातमा नायिका बन्न चाहेकी थिइनन् । तर पछि सलमान खानको अनुरोधमा उनी अभिनय क्षेत्रमा प्रवेश गरिन् । फिल्ममा प्रवेश गर्नको लागि उनले ३० केजी तौल घटाएकी थिइन् ।

सोनाक्षी चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि उनको तौल ९० केजी थियो । सलमानको अनुरोधमा उनले ३० किलो तौल घटाइन् र चलचित्र ‘दबंग’बाट बलिउडमा डेब्यु गरिन् । त्यसपछि उनले थुप्रै हिट फिल्ममा अभिनय गरिसकेकी छिन् ।