३ कार्तिक २०८३, मंगलबार

सलमान, सोनाक्षी, प्रभु देवासहितका कलाकार काठमाडौं आउँदै

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता सलामान खान मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ को लागि नेपाल आउँने भएका छन् ।

नेपाली इभेन्ट कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा सलमान खानसहित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनीष पावल लगायतका कम्तीमा पाँच दर्जन कलाकार नेपाल आउने भएका हुन् ।

भारतमा रहेको शोहेल खान प्रडक्सन र जेई इभेन्ट्ससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो ।

मनोरञ्जनात्मक यस कार्यक्रमको मुख्य उद्धेश्य विनाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वसामू नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने रहेको छ ।

कार्यक्रम फागुन २६ गते काठमाडौंस्थित टुडिखेलमा हुनेछ ।