२९ आश्विन २०८३, बिहिबार

बेलायती राजकुमार ह्यारीले ओबामासँग अन्तर्वार्ता लिएपछि…

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार छोडेपछि दिइएको एक दुर्लभ अन्तर्वार्तामा बराक ओबामाले गैरजिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

बेलायतका नवयुवराज ह्यारीसँगको बीबीसी अन्तर्वार्तामा ओबामाले ओबामाले समाजिक सञ्जालको गैरजिम्मेवार तरिकाले प्रयोग गर्नाले जटिल विषयप्रति मानिसहरुको बुझाइमा असर परिरहेको बताए।

उनका विचारमा त्यसले नागरिक बहसलाई प्रभावित तुल्याउँदै समाजमा गलत हल्लाहरु फैलाइरहेको छ।

ओबामाले आफूपछिका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम लिएनन्।

तर उनले नेतृत्वमा रहेका मानिसले समाजिक सञ्जालमा सन्देशहरु प्रवाह गर्दा होसियारी अपनाउनु पर्नेमा जोड दिए।

उनले भने, “इन्टरनेटको एउटा खतरा के हो भने मानिसहरुले बुझेको वास्तविकता एकदमै फरक हुनसक्छ। उनीहरुलाई आफ्नो पुर्वाग्रह सुहाउँदो जानकारीमात्र दिने वातावरण बनाइन सक्छ।”

उनले विविध आवाजहरु अभिव्यक्त हुन पाउने गरी यो प्रविधिको विकास हुनु पर्नेमा जोड दिए।

ओबामाले ब्रिटेनका राजकुमार ह्यारीसँगको कुराकानीमा समाजिक सञ्जालको सही प्रयोग गर्नु पर्ने धारणा राखेका हुन्।

राजकुमार ह्यारी बीबीसी रेडियोको ‘टुडे’ नामक कार्यक्रमका लागि बुधवार अतिथि सम्पादकको रुपमा काम गर्दैछन्। – बीबीसी