३ कार्तिक २०८३, मंगलबार

मिस्टर ‘गे’ ह्याण्डसमको उपाधि सिंहलाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो लिङगीहरूको संस्था ब्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको मिस्टर गे ह्याण्डसम नेपालको उपाधि मनिन्द्रसिंहले जितेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित उपाधिमा विनोद चौधरी र अजुन पिटर राईलाई पछि पार्दै सिंहले उपाधि जितेका हुन् ।

नेपालमा यो प्रतियोगिता दोस्रो पटक अयोजना गरिएको हो । नेपालको अदालतले आफूहरूलाई तेस्रो लिंगीको परिचय दिएको १० वर्ष पुगेको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

ब्लु डाइमण्ड सोसाइटी तेस्रो लिंगीको अधिकार र पहिचानको वकालत गर्दै आएको छ ।