मुम्बई । प्रियांका चोपडा बलिउडकी निकै चर्चित नायिका हुन् । बलिउडदेखि हलिउडसम्मै प्रियांकालाई सफलता मिलेको छ ।
एक कार्यक्रममा प्रियांकालाई अन्य नायिकाले जसरी नै बच्चा एडोप्ट गर्छिन् या गर्दिनन् भनेर सोधिएको थियो । प्रियांकाले प्रतिकृयामा उनको पहिले नै ८० जना बच्चा भएकोले उनलाई बच्चा एडोप्ट गर्न जरुरत नभएको बताइन् । आश्चर्य लाग्यो?
वास्तवमा प्रियांकाले एक फाउण्डेशन चलाउँछिन् । जसमार्फत उनले करिव ८० जना बालबालिकाको हेरचाह गरिरहेकी छिन् । सो फाउण्डेशनले ति बच्चाहरुको पढाई तथा खानालगायतका सबै खर्च बेहोरेको छ । उनले सबै बच्चा आफ्नै भएको जस्तो लागेको बताएकी थिइन् । –एजेन्सी















प्रतिक्रिया