३ कार्तिक २०८३, मंगलबार

बेष्ट मोडल अफ दी इयरलाई एक लाख पुरस्कार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक लाख नगद राशि पुरस्कार सहितको ‘बेष्ट मोडल अफ द इयर २०१८’ आयोजना हुने भएको छ । प्रशिक्षित एवम् दक्ष मोडल उत्पादन गरी उनीहरूको व्यासायिक करियर निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उदेश्य प्रतियोगिताको रहेको छ ।

सोमबार एक विज्ञाप्ति जारी गर्दै आयोजक रोयल नेपाल डटकमले ‘बेष्ट मोडल अफ द इयर २०१८’का लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ ।

मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँपुस्तालाई मोडलिङका आधुनिक ज्ञानका दिलाउनुका साथै उनीहरूको प्रतिभा निखार्दै अन्तर्राष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना थालिएको रोयल नेपालका म्यानेजिङ डाइरेक्टर प्रशान्त खड्गीले बताए ।

युवामा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्‍याउनेले दाबी खड्गीको थियो ।

१६ देखि ३२ वर्ष ननाघेका युवा–युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एक महिने प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणका क्रममा प्रतियोगीले रर्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिनेछन् ।

प्रतियोगिताको आवेदन फर्म सोमबारबाटै वितरण सुरु गरिएको छ । सहभागी हुन चाहनेले रोयल नेपालको कार्यलय कुपन्डोल तथा अनलाईबाट पनि फर्म भर्न सक्नेछन् ।

प्रतियोगितामा शीर्ष सहित आधा दर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगिताका शीर्ष बिजेताले १ लाख नगद सहित चलचित्र, बिज्ञापन चलचित्र र अन्तर्राष्ट्रिय फेसन शोमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।