काठमाडौँ । आज २५ डिसेम्बर । आजको दिन विश्वभरमा इसाई धर्मावलम्बीहरु क्रिसमसको रुपमा मान्छन् । जिसस् क्राइष्ट (येशू) आजको दिनमा जन्मिएका हुन् भन्ने इसाई धर्मावलम्बीहरुको विश्वास छ । यो एक प्रकारले क्राइष्टको जन्मदिनको उत्सव पनि हो । आज दिनमा गैर इसाईहरु पनि हर्षोल्लासका साथ क्रिसमस मनाउने गर्छन् । विश्वभर नै आजको दिन सार्वजनिक विदा दिइने गरिन्छ ।
मानिसहरुले क्रिसमस मनाउने नै भए तर यसवर्षको क्रिसमसमा जनावरहरुले पनि क्रिसमस मनाए । अर्थात मानिसहरुले जनावरहरुलाई पनि सजिसजाउ गरेर क्रिसमस इभमा सहभागी गराए । जुन निकै रोचक छ । यी हुन् विभिन्न स्रोतबाट लिइएका तस्विरहरु जसमा जनावरहरुलाई पनि क्रिसमस लागेको छ ।
सान्टाको पहिरन लगाएका दक्षिण अफ्रिकी डाइभर डुर्बानको यूशाका समुद्री संसारमा एक समुन्द्री प्राणीलाई खाना खुवाउँदै । तस्विरः राजेश जन्तिलाल/एएफपी/गेट्टी
ग्वाटेमालाको ला अरोरा चिडियाघरमा क्रिसमस उपहार नियाल्दै एक चिम्पान्जी । तस्विरः स्टेबन बिबा/इपीए
हो हो हो । अष्ट्रेलियाको टरोंगा चिडियाघरका जिराफले क्रिसमस उपहारको रुपमा घाँस पाए । तस्विरः जेम्स मोर्गन/गेट्टी
लण्डन चिडियाघरमा बाँदरहरु तारमा झण्डाइएको क्रिसमस मोजा अवलोकन गर्दै । प्रत्येक मोजामा मिठाई तथा केही खानेकुरा राखिएको हुन्छ । तस्विरः फकुण्डो अरिजाबलगा/ईपीए
क्रिसमसको अवसरमा सजाइएको ब्रिटिश बुलडग । तस्विरः टेस/बारक्रफ्ट इमेज
प्रतिक्रिया