अमेरिका । विभिन्न समयमा सामुन्द्रिक आँधीका कारण अकाशबाट माछाको वर्षा भएको देखिएको थियो । तर त्यसरी नै समुन्द्रमा रहेको भीमकाय शार्क आकाशबाट खस्न सक्छ । घरको छतमा रहेको यो शार्क माछा देखेपछि मानिस आश्चर्य चकित हुने गरेका छन् । र कसरी यहाँ आईपुग्यो भनेर सोँच्ने गर्छन् ।
अमेरिकाको अक्सफोर्डमा रहेको यो घर शार्क माछा आकाशबाट खसेर घुसेजस्तो देखिन्छ । २५ फिटको यो शार्क घरको छत छेडेर भित्र पसेको छ । तपाईलाई पनि लाग्यो होला कि यो कसरी सम्भव छ भनेर ? यो शार्क समुन्द्रदेखि उड्दै आएर यहाँ खसेको हो त? होइन, यो त केवल आर्किटेक्चरको एउटा बेजेड नमुना हो ।
यो घर अमेरिकी पत्रकार बिल हीनको हो । बिलले १९८६ मा शार्कको मुर्तिलाई यसरीनै डिजाइन गरेका थिए । जुन हेर्दा समुन्द्रबाट उड्दै त्यहाँ आएर झरेको जस्तो देखिन्छ । यसलाई नजिकबाट हेर्दा यति असली लाग्छ कि त्यो घरको बाटो भएर यात्रा गर्ने मानिसहरु सोँच्न बाध्य हुन्छन् । मानिसहरु त्यहाँ केहीबेर गाडी रोकेर त्यसबारे सोँच्न थाल्छन् ।
बिलको यो घर एउटा पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । यो शार्कलाई हेर्नको लागि मानिसहरु धेरै ठाउँबाट मानिसहरु यहाँ आउने गरेका छन् । सुरुवातमा स्थानीय सरकारले यसलाई संरक्षण गर्न इंकार गरेको थियो । तर हाल यो घरको हेरचाह सरकारले नै गर्छ ।
बिलले यो शार्क आफ्नो घरमा १९८६ मा विरोध जनाउँदै बनाएका थिए । बिलले सो वर्षको अप्रिल १५ मा अमेरिकाले लिबियामाथि गरेको आक्रमणको विरोध स्वरुप यो बनाएका हुन् । यो शार्क फाइबर ग्लासबाट बनाइएको छ । यो शार्क जोन बकलीले बनाएका थिए । –एजेन्सी
















प्रतिक्रिया