भैरहवा । साहित्य, कला, सङ्गीत र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पु-याए वापत लोकप्रिय सङगीतकार सन्तोष श्रेष्ठ ‘उत्कृष्ट युवा पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।
नेपाल जेसिजको ४४ औं वार्षिकोत्सवको सन्दर्भमा श्रेष्ठ सम्मानित भएका हुन् । प्रमुख अतिथि पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) त्रिभुवननगर जेसिजका अध्यक्ष दिपक शर्मा र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी लगायतले श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
सो क्रममा अन्य देश तथा समाजमा सकारतात्मक योगदान पू-याउने विभिन्न व्यक्तित्वहरुलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
सयौं गीतहरुमा संगीत भरेका श्रेष्ठका तिमीले पराई ठानेपछि, कति खुशी हुन्थें होला लगायतका थुप्रै गीतहरु हिट छन् ।
















प्रतिक्रिया