मुम्बई । पछिल्लो समय बलिउड सुपरस्टार सलमान खान र नायिका शिल्पा सेट्ठीको कठिनाइ बढ्दै गएको छ । उनीहरु विरुद्ध भारतका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन भइरहेको छ । यस्तोमा जातिवादी कुरा गरेको भन्दै दुई विरुद्ध मुम्बईमा मुद्धा दर्ता गरिएको छ ।
एक टेलिभिजनमा शोमा जातिवादी जातिवादी शब्दको प्रयोग गरेको आरोप लगाइएको छ । २२ डिसेम्बरमा सलमानको नयाँ चलचित्र ‘टाइगर जिन्दा हे’ रिलिज भएको थियो । फिल्म रिलिज भएसँग उनको विरोध सुरु हुनुका साथै केही फिल्महलमा तोडफोड समेत गरिएको छ ।
बलिउडका ‘दबङ खान’ रहेको सलमानकोविरुद्ध दिल्लीको गान्धी नगर थानामा पनि मुद्धा (एफआईआर) दर्ता गरिएको हो । यो घटना भारतको राष्ट्रिय आयोगसम्म पुगेको छ । ओयोगले ७ दिनभित्र स्पष्टिकरण माग गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कर्मचारी युनियनले सलमानले एक निजी टेलिभिजनमा जातिवादी शब्दको प्रयोग गरेर जनताको भावनामा ठेस पु¥याएको आरोप लगाएको छ ।
युनियनका अध्यक्षले सेलेब्रिटीको रुपमा रहेका सलमानलाई धेरै मानिसहरुले पछ्याउने हुनाले उनले यस्तो शब्दको प्रयोग गर्दा निकै ठूलो प्रभाव पर्ने बताए । उनले सलमानविरुद्ध कडा कारवाहीको माग समेत गरेका छन् ।
आगरामा पनि सलमान र शिल्पाप्रति वाल्मिकी समाज आक्रोशित बनेको छ । सहरका सबै सिनेमा हलमा सलमानको विरोध गरिएको थियो । उनीहरुले फिल्मको पोष्टर पनि जलाएका थिए ।
सलमान कुनै कानुनी समस्यामा फसेको यो पहिलो पटक भने होइन । यसअघि पनि सलमान ‘हिट एण्ड रन’ तथा ‘हरिणको शिकार’ गरेको आरोपमा धेरै पटक अदालत धाइसकेका छन् ।















प्रतिक्रिया