३ कार्तिक २०८३, मंगलबार

गायिका रमिलाको नयाँ दोहोरी गीत ‘तल परिन्न’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी । लोक दोहोरी गीतमा फरक प्रस्तुति दिने क्रममा गायिका रमिला न्यौपाने र खुमन अधिकारीको स्वरमा नयाँ लोक दोहोरी भाकाको गीत सार्बजनिक गरेका छन् ।

काम गर्ने मान्छे तल नपर्ने कथावस्तुमा ‘तल परिन्न’ बोलको दोहोरी गीत रमिला र रामप्रसाद कँडेलले सार्बजनिक गरेका हुन् ।

छोरा मान्छेले गर्ने काम, छोरी मान्छेले गर्न हुन्न भन्ने पुरानो मनोबिज्ञानलाई सन्देश दिन फरक खालको गीत बजारमा ल्याएको गायिका रमिलाले बताइन् ।

‘काम गर्न ठूलो सानो हुन्न काम गरेर खाने मान्छे सानो ठूलो भन्ने हुँदैन’, गायिका रमिलाले भनिन, ‘अब नयाँ युग आयो काम गर्न ठूलो सानो भन्नु हुँदैन् ।’

उनले भनिन्, ‘मनोरञ्जनसँगै सन्देश मुलक गीत हो, यसले समाजमा केही सन्देश पनि दिन्छ ।’ गीतको म्युजिक भिडियोलाई गायक गायिका आफै ठटेउलि पारामा भिडियोमा प्रस्तुत गरिएको छ ।

खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको छ । भिडियोको निर्देशक प्रकाश भट्ट हुन् ।