३ कार्तिक २०८३, मंगलबार

अनुष्का पछि बलिउडकी अर्की नायिकाको हुँदैछ रोयल वेडिङ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको विवाहले समाचारका हेडलाइनहरुमा खुवै स्थान पाए । अनुष्का र विराटको विवाह बलिउडको सबैभन्दा मंहगो र चर्चित विवाह बन्न पुग्यो ।

दिल्लीको रिसेप्शन सकिएपछि विराट–अनुष्का मुम्बईमा रिसेप्शनको तयारी गर्दै छन् । अनुष्कापछि बलिउडकी एक अर्की नायिकको विवाहको खवर आएको छ ।

ति नायिका अरु कोही नभएर कपूर खानदानकी नायिका सोनम हुन् । लामो समयदेखि सोनम एक व्यापारीसँग प्रेममा परेकी छिन् । कयौँ पटक सोनमलाई उनको प्रेमीसँग सँगै देखिएको छ । र पछिल्लो समय सोनमको पनि विवाहको कुरा बाहिर आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोनम तीन वर्षदेखि उत्कृष्ट व्यापारीको रुपमा चिनिएका आनन्द आहूजासँग रिलेशनमा छिन् ।

बलिउड नायिक सोनम कपुर व्यवसायी प्रेमी आनन्द अहूजाको साथमा ।

समाचारहरुका अनुसार सोनम र आनन्द २०१८ मा विवाह बन्धनमा बाँधिने कुरा छ । विवाहको लागि जोडीले जोधपुरको एक ठाउँ पनि बुक गरिसकेका छन् । त्यहि नै उनीहरुले सात फेरा लिने छन् ।

आनन्द फेशन ब्राण्ड ‘भाने’का मालिक हुन् । भाने सोनमको मनपर्ने ब्राण्डमध्येको एक हो । कतिपय समयमा सोनमले भानेद्वारा डिजाइन गरिएको पहिरन लगाउने गरेकी छिन् । सोनमको विवाह पनि अनुष्काको जस्तै रोयल हुने अनुमान गरिएको छ ।

सोनम कपुर र उनका प्रेमी आनन्द अहूजा ।