काठमाडौं । हिमालयन अन्तर्रा्ष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१७ को नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार रक हाउस रातोपुल काठमाडौंमा हिमालय ईन्टरटेनमेन्ट ग्रुपद्धारा आयोजित अवार्ड नोमिनेसनबाट विभिन्न १८ बिधाका कलाकारहरू छनौट भएका छन् । नोमिनेसनमा प्रतिभाअनुसारका कतिपय कलाकारहरू दोहोरिएका पनि छन् ।
छनौट भएका कलाकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि युनेस्कोमा सुचिकृत साधना कलाकेन्द्रको संस्थापकर निर्देशक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले प्रमाणपत्र प्रदान गरिएको थियो ।
अब भोटको आधारमा अवार्ड जित्नेछ । नोमिनेसनमा परेका कलाकारहरुलाई निर्णायक मण्डलबाट चाँडै भोटिङ कोड उपलब्ध गराउने आयोजकले जनाएको छ । सबै किसिमका गीतसंगीतलाई समेटिएको उक्त अवार्डमा नयाँ तथा पुराना राष्ट्रिय कलाकारहरुले समेत भाग लिएका छन् ।
ग्रेण्ड फिनालमा अवार्ड पाएका कलाकारहरूलाई मलेसियामा हुने साङ्गीतिक कार्यक्रममा सहभागी गराउने हिमालयन इन्टरटेनमेन्ट ग्रुपका अध्यक्ष सुवास पाख्रिनले जानकारी दिए । उनका अनुसार ७५ प्रतिशत अंक ल्याउने प्रतिस्पर्धीलाई मात्र भोटिङ राउण्डमा समावेश गरिनेछ ।
मलेसियामा व्यवस्थापन मिलाउन कार्यक्रम संयोजक राम रेप्चुङ राई ३ हप्ता भइसकेको छ ।
नोमिनेसनमा परेका कलाकारहरु:
बर्षको चर्चित नेपाली सङ्गीतकारस् रमेशराज भट्टराई ,पारशमनि ढुङ्गाना, एन बि थापा।
नेपाली पप गायन पुरुष:
पालदोर्जे पाख्रीन, सुनिल कटवाल ,दिल्पु मोक्तान, भेषराज बस्नेत, कबिन योन्जन, टीका बोम्जन, शानाहाङ लिम्बू, दिपक राई बान्तावा, राजेश राई, देबेश राई
नेपाली पप गायन महिला:
सरस्वती लामा, प्रशन्न पाण्डे, प्रजिता गेलाल, प्रमिला राई
नेपाली आधुनिक गित गायन पुरुष:
रमेश राज भट्टराई, सरोज राई, दिपक बान्तवा राई, गौरब नारायण राई, सिदार्थ घिसिङ, पारसमणि ढुङ्गाना
नेपाली आधुनिक गित महिला:
सरु गौतम,शशी कला मोक्तान,निर्मला घिसिङ ,
लोक दोहोरी गायन पुरुष:
कृष्ण रेउले, बिमल डागी, दिनेश थापा, देबेश राई, राजेश राई ।
लोक दोहोरी गायन महिला
सरिता डागी,रितु लामा।
लोक दोहोरी नव गायन पुरुष:
सन्दीप ग्याबा तामाङ,एसपिएम धिरज राई, मीन ब तामाङ, प्रेम आले मगर, केबल श्रेष्ठ केशब, राजु चेपाङ, सिताराम परियार, सागार सिजाली मगर, प्रेम राना मगर, कमल साईलो, बुद्धिमान तामाङ, प्रेम बिवस राना, विश्व पासा तामाङ।
लोक दोहोरी नव गायन महिला:
कला रोका मगर, पबिता तामाङ, एलिना खनाल, भुमिका गिरी, बसन्ती राई, रितु तामाङ, आरती श्रेष्ठ, सोनिया तामाङ, आशा राई गुरुङ, रुपी सिजाली मगर ।
नेपाली गित शब्द रचना:
रमेश राज भट्टराई, कर्म शेर्पा, विशाल लिम्बु, साजन तामाङ, कोकिल मोक्तान, सन्तोस राई,प्रेम आले मगर, उत्तम भण्डारी, आमीर लोप्चन, मनिस थापा मगर, सन्दिप स्याम्चेन तामाङ।
म्हेन्दोमाया गायन महिला:
शान्ती माम्बा तामाङ, रितु तामाङ, सीता लामा।
म्हेन्दोमाया गायन पुरुष: सुमन घले, शैलाप वाईबा, चिजा लामा, हिदाम तामाङ, विश्वपासा तामाङ ।
तामाङ सेलो गायन पुरुष: सुभास तामाङ, कोष बोम्जन, जीवन बोम्जन, रमित लामा, प्रयास दोङ, सन्जिब वाईबा, कृष्ण वाईबा, जेम्स तामाङ, सुदिप घिसिङ
तामाङ सेलो गायन महिला: शशि कला मोक्तान, जीतु लोप्चन, रेश्मा बोम्जन, निर्मला घिसिङ ।
नेपाली म्युजिक भिडियो मोडेल पुरुष: दुर्गेश थापा, फुर्वा दोर्जे तामाङ, राजीब बलामी श्रेष्ठ, सोनाम तामाङ, सुजन कोइराला ।
नेपाली म्युजिक भिडियो मोडेल महिला: रश्मि तामाङ, रिना थापा मगर, दिपाशा बिसी, कल्पना गुरुङ
तामाङ मोडेल पुरुष: शम्भु मोक्तान, खेम मोक्तान,एरिन तामङ।
तामाङ मोडेल महिला:
रश्मि तामाङ, सुस्मा मोक्तान, एन्जिला वाइबा तामाङ , रुपा एस घले तामाङ, मल्लिका थोकर तामाङ, कृन्जेल तामाङ, शलिना तामाङ , दोर्जिमा शेर्पा, अञ्जली घिसिङ तामाङ ।
तामाङ सेलो तथा म्हेन्दोमाया संगीतकार: सन्जीब वाइबा, प्रयास दोङ, शैलाप वाइबा।
कार्यक्रममा सेलो गायक प्रेम लोप्चन, गायिका ईन्दिरा गुरुङ, एरेञ्जर पवनवाङ लामा, सङ्गीतकार शान्तिराम राई, चलचित्र विकास बोर्डका सदस्य एवं अभिनेता उत्तम केसी, संगीतकारद्वय श्याम पाख्रिन र आशिका राई, चलचित्र निर्देशकर तथा पत्रकार फुलमान बल, नृत्य प्रशिक्षकद्वय बुद्ध लामा र आशा गौतम, ग्लोबल भ्वाइस प्रा.लिका अध्यक्ष श्याम लाल लामा, युथ क्रिएसनका अध्यक्ष रवि लामा लगायत सङ्गीतकर्मी उपस्थिति थिए ।















प्रतिक्रिया