अमेरिका । अमेरिकी -यापर इमिनेमले राष्ट्रपछि डोनाल्ड ट्रम्पमाथि आक्रोश पोखेका छन् । एक अन्तरवार्तामा इमिनेमले ट्रम्पको बारेमा सोँच्दा पनि आफूलाई निकै रिश उठ्ने बताएका छन् ।
अन्तरवार्तामा उनले भनेका छन्, ‘मेरो रगत उम्लिएको जस्तो हुन्छ । म पनि चाहन्छु हाम्रो देश महान बनोस्, म चाहन्छु यो देश सकेको उत्तम होस्, तर ट्रम्पको नियन्त्रणमा रहदासम्म त्यो हुन सक्दैन ।’ सुरुवातका दिनहरुमा ट्रम्प जस्तो अर्बपति व्यापारी अमेरिकी राजनीतिको लागि ताजा आवाज हुन सक्ने इमिनेमलाई लागेको थियो । तर निर्वाचनको समयमा मन्तव्य दिने क्रममा ट्रम्पले मेक्सीकन आप्रवासीहरुलाई अपराधि तथा बलत्कारी भनेपछि ट्रम्प प्रतिको उनको धारण परिवर्तन भएको इमिनेमले बताए । विभिन्न मानिसहरुलाई एकअर्काबीच लडाउने ट्रम्पले गरेको कार्य निकै भयानक रहेको उनले टिप्पणी गरेका छन् । ट्रम्पको विजयी आफ्नो लागि निकै निराशाजनक रहेको उनले प्रतिकृया दिए ।
इमिनेमले आफ्नो नयाँ एल्बम ‘रिभाइबल’मा पनि ट्रम्पविरुद्ध आक्रोश पोखेका छन् । इमिनेम युवाहरुको माझमा निकै लोकप्रिय अमेरिकी -यापर हुन् । उनको वास्तविक नाम मार्शल ब्रुस माथर्स तृतीय (Marshall Bruce Mathers III) भएपनि उनी सांगितिक क्षेत्रमा इमिनेमको नामले परिचित छन् । –एजेन्सी















प्रतिक्रिया