३ कार्तिक २०८३, मंगलबार

बिकिनी गर्लले विवादमा परेका नायक विनय श्रेष्ठको गीतलाई प्रतिबन्ध ! (भिडियो)

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विकनी लगाएका युवती साथ लिएर पत्रकार सम्मेलनमा उपस्थित हुँदा विवादमा तानिएका नायक विनय श्रेष्ठको आगमी फिल्म ‘रोमियो एण्ड मुना’ को ‘स्याडविच मी’ गीतको भिडियोमा सेन्सर लागेको छ ।

फिल्मका निर्माता प्रशन्न गोपालीका अनुसार युट्युवमा सिमित उमेर समुहलाई हेर्न मिल्ने गराइएको गीतको भिडियोलाई टेलिभिजन च्यानलहरुले प्रशारण गर्न अस्विकार गरिरहेका छन् । युट्युव मनिटाइजेशन पनि गरिएको छैन । गीत भल्गर भएको भन्दै प्रतिबन्धको अवस्थामा पुगाएको उनको गुनासो छ ।

यता निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गरे । गाउँकी मुना र शहरको रोमियो बीचको कथा फिल्ममा रहेको र त्यसैकारण दुवैको पृष्ठभूमि भिन्न रहेकाले गीतमा पनि भिन्नता देखिएको उनी बताउँछन् । ‘सहरको रोमियोलाई सहरी परिवेशमै देखाउनुपर्यो, हामीले त्यही गरेका हौं,’ उनले भने ।

फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको प्रमुख भुमिका रहेको छ ।

भिडियो: