एजेन्सी । यस वर्षको सुरुवातमा प्रसान्त महासागर अन्तर्गत पर्ने अमेरिकाको पूर्वी–पश्चिमी हवाईयन टापुको वरिपरी रहेको गहिरो समुन्द्रमा नयाँ प्रजातिको शार्क माछा (एट्मोप्टेरस लेइलेइ) भेटिएको थियो ।
सो शार्क माछाको बाहिरी गुण, दाँत, हाडको बनावट, आन्द्रा तथा विशिष्ट बाह्य चिन्ह र ढाँचाको अध्ययन गर्दा सो नयाँ प्रजाति भएको पत्ता लागेको हो । यो ल्याण्टन शार्क परिवारअन्तर्गतको प्रजाति भएको अनुसन्धान संलग्नहरुले बताएका छन् । हालसम्म ल्याण्टन शार्कका ३८ प्रजातिहरु पत्ता लागेका छन्, जसमध्ये ११ प्रजाति सन् २००२ देखि यता पत्ता लागेका हुन् ।
ल्याण्टन शार्क समुन्द्रको गहिराइमा प्रकाश छर्ने दुई बायोलुमिनेन्स प्रजातिमध्येको एक हो । समुन्द्रमा चम्किन सक्ने अर्को प्रजातिको शार्क काइटपिन शार्क (Dalatiidae) पनि हो ।















प्रतिक्रिया