काठमाडौँ । अमेरिकी नायक म्याट डेमानले फरि एक पटक हलिउडका यौन शोषकको बारेमा मुख खोलेका छन् । नायक डेमोनले सबै पुरुष यौन शोषक नहुने बताएका छन् ।
एक अन्तरवार्तामा ‘जेशन बोर्न’ सेरिजका नायक डेमोनले शोषकको वर्गिकरणमा नपर्ने पुरुषको बारेमा भने छलफल हुने नगरेको बताएका छन् । उनले यौन शोषणमा संलग्न नभएकाहरुको बारेमा पनि कुरा गरिनु आवश्यक रहेको बताए ।
‘हामी यो समय एक किसिमको दोभानमा छौँ र यो राम्रो पनि हो । तर मेरो विचारमा म स्वयम्ले पनि काम गरेका धेरै पुरुषहरु छन्, जसले यस्तो कार्य गर्दैनन् र यसले उनीहरुको जीवनमा पनि प्रभाव कुनै पार्दैन, उनीहरुको बारेमा कुरा हुने गरेको छैन’ विजनेस इन्साइडरसँगको अन्तरवार्तामा डेमोनले भने । –एजेन्सी















प्रतिक्रिया