३ कार्तिक २०८३, मंगलबार

रोशनको भाग्यमा छिमी आएपछि… (भिडियो)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक तथा संगीतकार रोशन फ्युबाको पछिल्लो म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ङोरी मुपाला बोरी खपला… (भाग्यमा भए पो भागमा पर्ने) सामाजिक उखान सन्दर्भलार्इ गीतमा उठाएको छ ।

फ्युबालाई चर्चित सेलो गायिका जितु लोप्चनले साथ दिएकी छिन । भिडियोमा गायिका छिमी माम्बा र फ्युबाको मुख्य फिचरिङ रहेका छन् । साथमा बाल कलाकार तेन्जिङ सोनाम र कुसुम तामाङको पनि अभिनय देख्न सकिन्छ भने गायक आफैको शब्द, संगीत रहेको छ ।

चलचित्र नीरफूलमा सहनिर्देशन तथा हिमालकी रानी, स्ह्याल्गार, ल्हाप्साङकार्पो निर्देशन गरिसकेका फ्युबाको पहिलो अभिनय भने होइन ।

भिडियोमा राजकिङ वाइबाले निर्देशन् र मरुभुमिले छायाँङ्कन गरेका हुन् ।
दोस्रो म्हेन्दोमाया म्युजिक अवार्डलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको  निर्माणपक्षले बताए ।

गीतमा तकदिरमा भए, लडिलडी आउँछ भन्ने भावलाई दृश्यमा उतारेको छ ।

भिडियो: