२९ आश्विन २०८३, बिहिबार

यी हुन् रोबोटले गर्न नसक्ने तीन काम, जुन काम गर्न मानिस नै चाहिन्छ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रोबोटले मानवीय जनशक्ति विस्थापित गर्ने कुरा प्रति मानिसहरुको चिन्ता बढ्न थालेको छ । छोरा नातिहरुको रोजगारी रोबोटले खोस्दिने कुराले मानिसहरु चिन्तित भएका हुन् । किनकी आम मानिसमा रोबोटले सबै काम गर्न सक्छन् र त्यसको लागि मानवीय जनशक्ति चाहिँदैन भन्ने बुझाइ रहेको हुन्छ । तर यो हालसम्मको लागि भने सत्य होइन । रोबोट मानिसले गर्ने सबै काम गर्ने हदसम्म पुगेका छैनन् ।

पछिल्लो समय निर्माण गरिएका रोबोटमा कृतिम चेतना राखिएको भएपनि तिनले विशेषगरी ३ काम गर्न सक्ने चेतनाको भने विकास भइनसकेको अमेरिकी लेखक मार्टिन फोर्डको बुझाइ छ । उनले आफ्नो पुस्तक ‘राइज अफ रोबोट’मा मान्छेले गर्ने सबै काम रोबोटले गर्न नसक्ने बताएका छन् । रोबोटले ‘प्लम्बर’, ‘इलेक्ट्रिसियन’ र ‘नर्स’को काम गर्न नसक्ने उनको दाबी छ । यी काम गर्नको लागि मानवीय चेतनाको नै आवश्यक पर्ने उनको तर्क छ ।

तर भविष्यमा यो पनि असम्भव भने नहोला । किनकी वैज्ञानिकहरु मानिसको जस्तै चेतना भएको कृतिम मस्तिष्क बनाउने अनुसन्धानमा लागि रहेका छन् । उनीहरुले मानवीय मस्तिष्कमा जस्तै कृतिक मस्तिष्क बनाउने अनुसन्धानमा सफल भए रोबोटले यस्ता मानवीय चेतनाको आवश्यता पर्ने काम पनि गर्न सक्ने छन् ।