२९ आश्विन २०८३, बिहिबार

मुस्लिम महिलाले पाए…अधिकार

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियाद । साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरूलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ ।

देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ ।

साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरूलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिएका थिए ।

यसअगाडि साउदीमा महिलाहरूलाई कुनै पनि सवारी साधान चलाउन नपाइने व्यवस्था रहेको थियो ।

मुस्लीम देश साउदीमा महिलाहरूले कालो बुर्का लगाउने र अनुहार तथा शरिर छोप्नु पर्ने सांस्कृतिक प्रचलनका कारण सवारी साधन चालक बन्न पनि नदिने गरिएको हो ।

महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारवादीहरूले लामो समयदेखि दवाव दिदै आएका थिए । – एजेन्सी