५ कार्तिक २०८३, बिहिबार

सुजुकीको Celerio ‘The Perfect Family Car’ सार्वजनिक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो अत्यधिक लोकप्रिय प्यासेन्जर कार ‘celerio’को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । “The Perfect family Car” कारका रुपमा सार्वजनिक गरिएको ऋभभिचष्यमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ ।

नयाँ celerio मा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के१० ईञ्जिनको प्रयोग गरिएको छ । सो ईञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दावी गरिएको २३ दशमलव १ किलो मिटर प्रति लिटर माइलेज दिने क्षमता राख्छ । सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरुमा समय सापेक्ष रुपमा नयाँ फ्रण्ट ग्रिल र स्टाइलिश फ्रण्ट बम्पर एसेम्ब्लिको प्रयोग गरिएको छ । साथै, कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पूरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । सार्वजनिक नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेण्डि नभइ कारको भित्री सजावतमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् ।

आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखि यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्सहरुपनि समाहित गरिएका छन् । celerio मा १ सय ७० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध गरिएको छ । त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतिय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्रि, ईलेक्ट्रिक पावर स्टेरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् ।

कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा पनि लिइन्छ । कारका हरेक भ्यारिण्टमा स्ट्याण्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन्, एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्टपनि कारमा जडान गरिएको छ । साथै, दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चाट पटक न्यूनिकरणका लागि प्रयोगहुने सुरक्षा फिचर्स उपलब्ध केही कार मध्य योपनि एक भएको छ । साथै, कार चोरी लगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा ईम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरुपनि जडान गरिएका छन् ।

‘सुरक्षा तथा आरामदायी अनुभवका लागि विभिन्न फिचर्सका साथै अतुलनिय कार्य प्रदर्शनी तथा क्षमताका लागि नयाँ celerioमा विभिन्न अत्याधुनिक फिचर्सहरु उपलब्ध रहेका छन् । हामीले नेपाली परिवारका लागि विशेष उपयोगी होस् भन्ने तिर विशेष ध्यान दिएर कार सार्वजनिक गरेका छौँ’, नयाँ celerioका बारेमा बोल्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,‘हामीले निकट भविष्यमा नै यसको स्पोर्टी भ्यारियण्ट ऋभभिचष्य एक्सपनि सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

चार बर्षे वारेण्टि तथा ८ निःशुल्क सर्भिसिङ सुविधा सहित उपलब्ध हुने कारको सुरुवाती मूल्य कम्पनीले रु २३ लाख ३९ हजार तोकेको छ ।