३ कार्तिक २०८३, मंगलबार

भारतमा सन्नी लियोनीको चर्काे विरोध, एकाएक भोग्नुपर्यो यति ठूलो नोक्सानी

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बन्न सफल सन्नी लियोनीको भारतमा विरोध सुरु भएको छ । विरोधले उनलाई नोक्सानी पुर्याएको छ ।

सञ्जय लिला भंसालीको आगामी फिल्म ‘पद्यावती’को विरोधको सिलसिला जारी रहेका बेला सन्नी लियोनी पनि निशानामा परेकी हुन् । सन्नीको बिरोध फिल्मले नभई बेंगलौरमा आयोजित एक कार्यक्रमको कारणले भएको हो । उक्त कार्यक्रमले समाजमा नग्नता र अश्लीलतालाई प्रोत्साहित गर्ने र यसको नकारात्मक असर पर्ने भन्दै राजनीतिक पार्टी नै उनको विरोधमा उत्रिएका छन् ।

सन्नीले नयाँ बर्ष २०१८को सुरुवताका लागि बेंगलौरमा एक हंगामेदार पार्टी राखेकी थिइन् । ‘बेंगलुर एन वाइ इ २०१८’ नामाकरण गरिएको पार्टीमा सन्नी आफै पनि प्रस्तुति दिने तय भएको थियो ।

तर, उक्त पार्टीले अश्लीलता प्रदर्शन गर्ने भन्दै बेंगलौरको एक स्थानीयले दलले बिरोध गरिरहेको छ । सोही कारणले त्यहाँका राज्य सरकारले उनको कार्यक्रममा समेत रोक लगाएको छ । सरकारले कार्यक्रमलाई रोक लगाएपछि स्थानीय रक्षा वेदिके नामक संस्थाले पनि अहिलेलाई सन्नीको बिरोध नगर्ने निर्णय समेत गरेको छ ।