३ कार्तिक २०८३, मंगलबार

अमिताभलाई उछिने शाहरुख खानले

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । फोर्ब्स म्यागजिनले विश्वका सबैभन्दा धनी १० अभिनेताको सूची सार्वजनिक गरेको छ । उनीहरूको कुल सम्पत्तिको मूल्यसमेत खुलाइएको छ । विश्वका १० धनी अभिनेतामा दुईजना बलिउडका पनि परेका छन् ।

अभिनेता अमिताभ बच्चन र शाहरूख खान फोब्र्सले सार्वजनिक गरेको यो सूचीमा परेका हुन् । अमिताभभन्दा शाहरूख धनी अभिनेता भएको पनि फोर्ब्सले देखाएको छ । सूचीमा अमिताभ विश्वकै चौथो धनीमा गनिँदा शाहरूख तेस्रो धनी अभिनेता बनेका छन् ।

बलिउडका अमिताभ प्लेब्याक सिंगर र कार्यक्रम प्रस्तोता पनि हुन् । भारतमा शताब्दीकै उत्कृष्ट अभिनेताको स्थान बनाएका उनीसँग पाँच सय मिलियन डलर अर्थात् ५१ अर्ब रुपैयाँबराबर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।

बलिउडमा किङ खानको सम्मानले चर्चित शाहरूखसँग अमिताभको भन्दा धेरै सम्पत्ति छ । फिल्म निर्माता र कार्यक्रम प्रस्तोतासमेत रहेका उनीसँग ६ सय मिलियन डलर अर्थात् ६१ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको फोर्ब्सले सार्वजनिक गरेको छ । – एजेन्सी