५ कार्तिक २०८३, बिहिबार

अन्तर्राष्ट्रिय टी–ट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेटर चन्द्रागिरि केबलकारको भ्रमणमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । भारत, बंगलादेश र नेपाल सम्मिलित ट्वेन्टी–ट्वेन्टी त्रिदेशीय ह्विवल चेयर क्रिकेट प्रतियोगिताका लागि नेपाल आउनुभएका क्रिकेटरहरुले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय ट्री–ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोजितामा आउनुभएका आयोजक समितिका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पा सहितकरिब ६० जना खेलाडीहरु भ्रमणमा सहभागी हुनहुन्थ्यो । फरक क्षमताभएका खेलाडीहरुको सम्मानमा चन्द्रागिरि हिल्स लिमिटेडले उक्त भ्रमण पूर्ण रुपमा प्रयोजन गरेको थियो । फरक क्षमता भएका खेलाडीहरुको सम्मानमा चन्द्रागिरि हिल्सले देखाएको सदासयताप्रती अध्यक्ष शेर्पाले धन्यवाद ब्यक्त गर्नुभयो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेकोछ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।