मुम्बई । आगामी साता रिलिज हुने बलिउड अभिनेता सलमान खानको ‘टाइगर जीन्दा है’लाई ठूलो रकम बुझाइएको छ । नेपाल वितरण अधिकार खरिद गरेको गोपीकृष्ण इन्टरटेन्मेन्टले एड्भान्स स्वरूप यसराज फिल्मसलाई साढे तीन करोड नेपाली रूपयाँ बुझाएको छ ।
नेपाल वितरकले हालसम्म कुनै पनि बलिउड फिल्मका तिरेको यो सर्वाधिक महँगो रकम हो ।
फिल्मको पूरै नेपाल अधिकार सो रकममा किनेको नभई कमिशनबापत सम्भावित व्यापरलाई हेर्दै अग्रिम बुझाइएको हो ।
चुनावका कारण पछिल्लो एक महिनादेखि नेपाली सिनेमा हलहरूमा कुनै ठूला सिनेमा रिलिज भएका छैनन् । चिनावले गर्दा ठूला नेपाली सिनेमाले रिलिज हुने हिम्मत गरेनन् ।
यस दौरान नेपालीकासाथ गतिलो कमाइ गर्ने बलिउड फिल्म पनि रिलिज भएनन् । हलमा नयाँ फिल्म नभएका कारण नेपाली हलहरू, त्यसमा पनि विशेषगरी मल्टीप्लेक्सहरूले रिलिज भइसकेका हिट नेपाली फिल्म पुनः प्रदर्शनमा आए ।
सलमान खानको ‘टाइगर जिन्दा है’ रिलिज हुने भएपछि हलवालाहरूले आफ्नो व्यापार चम्किने आशा गरेका छन् ।















प्रतिक्रिया