५ कार्तिक २०८३, बिहिबार

अग्नि फाउन्डेशनद्वारा महिन्द्रा बोलेरो पिकअप गाडीका ग्राहकका लागि “उदय सदस्य” योजना प्रस्तुत

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपालको लागि महिन्द्रा युटिलिटि भेइकलको आधिकारिक विक्रेता अग्नि अन्तर्गतको गैर नाफामूलक शाखा अग्नि फाउन्डेशनले, हालै आफ्ना ग्राहकहरुका लागि ग्राहक सेवा प्रणाली अन्तर्गत उदय सदस्य योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले महिन्द्राको आफ्नो “महिन्द्रा राइज”को मर्मलाई आत्मसाथ गरी ग्राहकहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ ।

यसका अतिरिक्त उदय सदस्य योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना विद्यमान तथा नयाँ ग्राहकहरुलाई आर्थिक तथा गैरआर्थिक फाइदाहरु प्रदान गरेको छ । आर्थिक बृद्धि तथा समग्र व्यक्तित्व विकासको लागि योजना विशेष फलदायी समेत रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो कार्यक्रम अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकहरुका छोराछोरीहरु मध्येबाट एस ई ई मा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएका २५ जना छात्रछात्रालाई पुरस्कृत गरेको छ । अग्नि फाउन्डेशनले शुक्रबार नक्शालस्थित महिन्द्राको शो रुममा उत्कृष्ट हुन सफल भएका एस ई ई का छात्रछात्राहरुलाई छात्रवृत्तिद्वारा सम्मानित गरेको छ ।

छात्रवृत्ति कार्यक्रममा अग्नि फाउन्डेशनले उदय सदस्यहरुलाई रु. २ लाखको निःशुल्क दुर्घटना बीमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सहरुको खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमो मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ । महिन्द्राले यस्ता आर्थिक सुविधाको साथ साथै सदस्यहरुलाई वार्षिक रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रेस विज्ञप्तिका सिलसिलामा अग्नि ग्रुपका प्रबन्धक अर्जुन शर्माले “महिन्द गाडी विक्रीमामात्र केन्द्रित नभई ग्राहकहरुको आर्थिक एवं व्यक्तिगत विकासका लागि पनि विशेष योगदान गर्दै आएको छ” भन्ने कुरा उल्लेख गर्नु भयो ।