
काठमाडौं, २९ मंसिर । लगातार घट्दै आएको सुनको भाउ शुक्रबार पनि घटेको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ लगातार घटेकोमा बिहीबार तोलामा ४०० रुपैयाँले वृद्धि भएर तोलाको ५४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुनप्रति औंस १२ सय ६० डलर हाराहारीमा कारोबार भएको थियो ।















प्रतिक्रिया