५ कार्तिक २०८३, बिहिबार

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखारहित बैकिङ्ग सेवा सञ्चालन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले कञ्चनपुर र बाँकेमा ३ शाखा रहितबैकिङ्ग सेवा संचालनमा ल्याएको छ । मंसिर २६ गते भिमदत्त नगरपालिका वडा नं–१६ मझगाउँ चौराहा र बेदकोट नगरपालिका वडा नं–८, दैजीमा साथै २७ गते बैजिनाथ गाउँपालिका वडा नं–२, नौबास्ता गरी ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ३ शाखारहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ९ शाखारहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।