५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकको नयाँ मुद्दती योजना

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात रु १लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत बार्षिक ब्याजदर रहेको छ ।

बैंकले त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउनेछ । साथै यस योजना बाट सम्पूर्ण ग्राहकहरु लाभांश्वित हुनुहुनेछ भन्ने विश्वास समेत बैंकले लिएको छ ।

आगामी दिनहरुमा पनि बैंकले यस किसिमका अन्य सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्तगर्दछ ।१४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुनेछ ।