२९ आश्विन २०८३, बिहिबार

डाइटिङ र फास्टिङ गर्दैमा मोटोपन घट्ने वा स्लिम बन्न सकिदैन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शरीर घटाउन वा सन्तुलित राख्नका लागि डाइटिङ वा फास्टिङ गर्ने प्रचलन बढ्दो छ ।

पछिल्लो समय युवापुस्तामा डाइटिङ गर्ने प्रचलन ह्वात्तै बढेको छ । मोटो शरीरलाई घटाउन भन्दै भोकै बस्ने युवतीहरूको संख्या निकै ठूलो छ ।

कतिपय बेलुकी खाना नखाई सुत्नेसमेत गर्छन् । कति कम खाने गर्दछन् ।

डाइटिङ र फास्टिङ गर्दा मोटोपन घट्ने र स्लिम बन्ने धेरैमा भ्रम छ । विभिन्न अध्ययनले भने यसरी डाइटिङ बस्नु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछ । यसरी डाइटिङ वा फास्टिङ बस्नु वैज्ञानिक दृष्टिकोणले मानिसका लागि हानिकारक हुन्छ ।

डाइटिङ कसरी गर्ने भन्ने टेक्निकल विषय हो । कतिपयले मोटोपन घटाउने भन्दै चिल्लो, बोसो, आलुजस्ता खाद्यान्न नखाने गर्दछन् । तर, यो विषय प्राक्टिकल्ली पनि सही छैन ।

शरीरलाई २४ घन्टासम्म काम गर्नका लागि ब्यालेन्स डाइटको अवश्यकता पर्दछ । केही मात्रामा चिल्लो, बोसो, गेडागुडी, फलफूल, भात, आलु सबैको आवश्यकता पर्दछ । त्यसैले भोकभोकै डाइटिङ गर्दा शरीरमा हानि पु¥याउँछ ।

हामी शरीर घटाउने वा स्लिम बन्ने नाममा भोकै बस्छौँ भने अर्कातिर एकदमै धेरै खाइदिन्छौँ । फास्टिङ गरेको अर्को दिन निकै भोक लागेको हुन्छ र उसले अत्यधिक खाना खाइदिन्छ । यसरी खाना खाँदा जति भए पनि नपुगेजस्तो अनुभव हुन्छ । यसले शरीर घट्नुभन्दा पनि
मोटाउन पुग्छ ।

यसरी भोकभोकै डाइटिङ वा फास्टिङ गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुन्छ । र, बिस्तारै अपच हुने समस्या देखा पर्न थाल्छ । कतिपय आफ्नो शरीर घटाउने नाममा आलु र भातलाई छुँदैनछोएको बताउँछन् । यसो गर्दा शरीरमा पौष्टिक आहारको कमी हुन जान्छ । भातबाट भन्दा आलुबाट पौष्टिक तत्व पाइन्छ । यसलाई बहिष्कार गर्नुभन्दा पनि कम गर्नचाहिँ सकिन्छ ।

यसरी भोकभोकै बस्दा पेटमा ग्यास भरिने, घाउ हुने मात्र नभएर सुकेनास हुने समस्या पनि देखिन्छ । मान्छे बढी पातलो भएमा वा लामो समय भोकै बस्ने बानीले पानी खाँदा पनि बमिट गर्ने समस्या देखा पर्न सक्छ ।

भोकभोकै बस्ने बानीले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । र, मानिस थप कमजोर बन्दै जान्छ । किड्नी र लिभरले समेत राम्रोसँग काम गर्न सक्दैन ।

यदि डाइटिङ नै गर्नु छ भने पनि पौष्टिक पदार्थ मिलाएर खानुपर्छ । धेरै भात, दाल, तरकारी र मासु खाने बानी छ भने त्यसलाई नियमित तर घटाएर खान सकिन्छ । मानिसको शरीरलाई नियमित काम गर्नका लागि सबै प्रकारका पौष्टिक तत्वको आवश्यकता पर्दछ । त्यसैले सबै चिज मिलाएर तर कम लिन सकिन्छ । अझ राम्रो त के भने डाइटिङ वा फास्टिङका पनि आफ्नै नियम हुन्छ । त्यसैले विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर मात्र यस्तो काम गर्नुपर्दछ ।