५ कार्तिक २०८३, बिहिबार

‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गर्नुभएको छ । मलेसियाबाट नेपालमा पैसा पठाउनुभएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित हुनुभएको हो । पैसा पठाउने रोकायावानीजले सिफारिस गरेका व्यक्तिले नगद रु. १० लाख प्राप्त गर्नुहुनेछ ।

त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउनु हुने थापा भाग्यशाली विजेता छनोट हुनुभएको हो । भाग्यशाली विजेता थापावानीजले सिफारिस गरेको व्यक्तिले ६ लाख बराबरको जीवनबीमा प्राप्त गर्नुहुनेछ ।

ग्त हप्ता पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । नतिजा सार्वजनिक कार्यक्रममा संक्षिप्तप्रति क्रिया दिँदै निर्देशक ढकालले आइएमईले स्थापनादेखि नै आफ्नो सेवालाई कसरी छिटो–छरितो ढंगले प्रवाह गर्न सकिन्छ भन्नेमा दत्तचित्त भएर लागेको जनाउँदै पर्व लक्षित यस्ता अफरहरुले हाम्रो सेवा र हाम्राआम सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको धारणा राख्नुभएको थियो ।

प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जा अफरको विषयमा प्रकाश पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताउनुभयो । ब्राण्ड एम्बासडर दीपकराज गिरीले कर्पोरेट हाउससँग सिनेमापनि जोडिन शुरु गरेकाले दुवै क्षेत्र उत्तिकै लाभान्वित भएको प्रतिक्रिया दिनुभयो । दीपाश्री निरौलाले आइएमई आफ्ना सेवाग्राहीहरुको घर–घरको दुःख–सुखमा पुग्न सफलभएको प्रतिक्रिया दिनुभयो ।

गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागीभई दैनिक ‘लक्कीड्र’मा ५ हजार ४० पाक्षिक ‘लक्कीड्र’ मा ६ र बम्पर ‘लक्की ड्र’ २ जना पुरस्कृत भइसक्नु भएको छ । यस कार्यकममा पैसा पठाउनुहुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा

सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिएको थियो । अफरमा सहभागी सबैलाई शुभकामना ब्यक्त गर्दै विजेता सबैमा आइएमई लिमिटेडले बधाई दिएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवाशुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ७,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।