५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकद्वारा जिल्ला अस्पताल बेनीलाई मेडिकल उपकरण हस्तान्तरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विहिबार जिल्ला अस्पताल म्याग्दी, बेनीलाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा आँखा, नाक, कान, बाल चिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी रु १ लाख १९ हजार बराबरको मेडिकल उपकरणहरु हस्तान्तरण भएको छ । उक्त उपकरण जिल्ला समन्वय समिती संयोजक देबेन्द्र बहादुर केसी, बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ र बैंकका शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले संयुक्त रुपमा म्याग्दी जिल्ला अस्पताल व्यस्थापन समितीका अध्यक्ष माधब रेग्मी र डा. अम्बालिका शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

यस बैकले नेपालभर छरिएर रहेका आफ्ना शाखा कार्यालयमार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।