५ कार्तिक २०८३, बिहिबार

लक्ष्मी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ मंसिर । लक्ष्मी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब चुक्ता पूँजी पु¥याउन सफल भएको छ । साधारण सभाबाट पारित बोनस शेयर जारी भएपश्चात बैंकको चुक्ता पूँजी रु ८ अर्ब २२ करोड पुगेको छ ।

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३÷०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७३÷७४ मा रु ५९.३२ अरब निक्षेप र रु ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु ७० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफाआर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहेका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवाप्रदानगर्न सफलभएको छ । तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुदपनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवाप्रदायकको रुपमा बैंक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु–शासन संस्कार, जोखिम व्यवस्थापन प्रणाली र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

लक्ष्मी बैंक एक हरित कम्पनीहो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवाप्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।