३ कार्तिक २०८३, मंगलबार

विशेषता लिटिल मिस क्वीन इन्टरनेसनलमा फस्ट रनर अप

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस क्वीन इन्टरनेसनल २०१७’ मा नेपालका तर्फबाट सहभागि भएकी विशेषता बुढाथोकीले प्रतिस्पर्धामा वेष्ट अफ द वेष्ट अवार्ड सहित फस्ट रनर अप उपाधि जित्न सफल भएकी छिन् ।

प्रतियोगिताका विशेषताले डिजाइनर उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोशाकले वेस्ट ड्रेस विधाको अवार्ड पनि हात पारेकी छिन् । हालै ब्राजिलको साउपाउलो स्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा संचालन भएको ‘लिटिल मिस क्विन इन्टरनेशनल’ फाइनल स्पर्धामा नेपालका विशेषता सहित विश्वका ३१ राष्ट्रका लिटिल मिस क्वीनको सहभागिता रहको थियो । विशेषताको यस प्रतियोगितामा सहभागितालाई प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई प्लानेट प्रा.लि.ले व्यवस्थापन गरेको हो ।

यसअघि विशेषताले टर्कीको बोड्रम शहरमा सम्पन्न भएको बालबालिकाहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्डमा सफलता हात पारेकी थिइन् । १० वर्षिया विशेषता बालुवाटारस्थित जोन डेवी स्कूलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।

विशेषता हालै राजधानीमा मिडिया ल्याण्डले संचालन गरेको आठौं संस्करणको चाइल्ड आइकन नेपाल २०१७ का विजेता हुन् । सो प्रतिस्पर्धामा उनले ट्यालेन्ट, वेष्ट ड्रेस र फ्रेन्डशीप विधाको अवार्ड पनि जितेकी थिइन् । यस अघि पनि विशेषताले मिडिया ल्याण्डले नै संचालन गरेको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१७ विधामा सेकेन्ड रनर अप विजेता बनेकी थिइन् ।