३ कार्तिक २०८३, मंगलबार

डरलाग्दा भिलेन, म्युजिक भिडियोमा भने हिरो

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्ममा खलपात्रको अभिनय गर्दै आएका बसन्त तामाङले आजकाल म्यजिक भिडियो खेल्न थालेका छन् । ठूला फिल्म खेलेपछि फुर्सदको समयमा तामाङले म्युजिक भिडियोमा खेल्ने गरेका हुन् । हिरोभन्दा कम देखिदैनन्, तामाङ । तर, उनलाई खलपात्रमै धेरै अफर आउने गर्छ ।

कलाक्षेत्रलाई व्यावसायिक रुपमा अगाडि नबढाए पनि फिल्ममा अभिनय गर्ने उनको सानैदेखिको सौख हो । ‘म सानैदेखि कलाको प्रेमी हुँ’, उनले भने, ‘त्यो सौख पूरा गर्न फिल्ममा अभिनय गर्न थाले ।’ फिल्ममा उनले गर्ने भनेको खलअभिनय हो ।

फिल्ममा गुन्डा बनेर अभिनय गर्ने गरेका तामाङ बास्तविक जीवनमा सिधासादा छन् । सितोरियो कराते सिकेका तामाङको शरीर गुन्डा बनेर खेल्ने जस्तै देखिन्छ । भन्छन्, ‘मेरो शरीर हेरेर निर्माता र निर्देशकहरूले भिलेनको लागि अफर गर्ने गरेका छन् । मलाई पनि त्यस्तो कुनै फ्ठ्यारो लाग्दैन खेल्ने गरेको छ ।’ अभिनय जे गरे पनि त्यसमो आफ्नो कौशलता देखाउनुपर्ने उनको बुझाइ छ ।

सिन्धुपाल्चोक जिल्ला घर भएपनि काठमाडौंमा लामो समयदेखि बसोबास गर्दै आएका लामा पछिल्लो समय ठूलो पर्दाका फिल्मभन्दा पनि म्युजिक भिडियोहरूमा व्यस्त हुन थालेका छन् । म्युजिक भिडियोहरूमा काम गर्ने प्रस्ताव आउन थालेको उनले बताए । ‘म्युजिक भिडियोमा खेल्दा छिटो रेस्पोन्स पाइन्छ’, तामाङले भने, ‘मेरो फिल्मी यात्रा सानापर्दाबाटै भएको हो ।’

‘फिर्के’, ‘मट्टिमाला’, ‘नेप्टे’, आँधी–तुफान, रुद्राक्ष, तेरीलाहुरे लगायतका फिल्ममा खलपात्रका रुपमा अभिनय गरेका तामाङले विज्ञापनहरूमा पनि अभिनय गरेका छन् । उनको कला यात्रा ०५८ सालदेखि सुरु भएको हो । उनले पहिलो पटक ‘कसलाई आफ्नो भनु’ टेलिफिल्ममा अभिनय गरेका थिए ।