३ कार्तिक २०८३, मंगलबार

गायक राजन भन्छन्, ‘मुटु तराई हो मेरो…’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक राजन ठकुरीले ‘हिमाल शिर हो, पहाड छाती हो, मुटु तराई हो मेरो…’ बोलको राष्ट्रिय भावको गीत रिलिज गरेका छन् ।

लोक तथा दोहोरी हुँदै आधुनिक गीततिर प्रवेश गरेका ठकुरीले पछिल्लो पटक राष्ट्रिय गीत ल्याएका हुन् ।

आफ्नै स्वर र संगीत रहेको गीतलाई उनले युट्युबमार्फत रिलिज गरेका छन् । लोक तथा दोहोरी गीतमा राम्रो पहिचान बनाएका ठकुरीले आधुनिक गीतहरूमा पनि उत्तिकै राम्रो गर्ने प्रयास गरेको बताउँछन् । भन्छन्, ‘अहिलेसम्म लोक तथा दोहोरी गीतमा मेरो ध्यान केन्द्रित थियो । अब आधुनिक गीततिर पनि जोड दिइरहेको छु । राष्ट्रिय भावका गीतहरू पनि बेलाबेला गाउने गरेको छु ।’

समय र परिवेशअनुसार गायक गायिकाले आफूलाई परिस्कृत गर्दै लैजानुपर्ने गायक ठकुरीको भनाइ छ । ‘मैले आफूलाई समय परिवेशअनुसार ढाल्दै लैजानुपर्छ’, उनले भने, ‘सबै प्रकारका गीत गाउन सक्नु पर्छ भन्ने ठान्छु ।’

मुलुकको पछिल्लो राजनीतिक अवस्था नियालिरहेका बेला राष्ट्रिय भावको गीत गाउने रहर जागेपछि यो गीत रेकर्ड गराएको उनको भनाइ छ । भन्छन्, ‘राष्ट्रिय भावको गीत बनाउने मन लाग्यो त्यसपछि गीत बनाए । त्यस्तो कुनै सोँचेर गीत बनाइएको होइन । सबै मिलेर देशमा बस्नुपर्छ भनेर गीत रेकर्ड गराइएको हो ।’