५ कार्तिक २०८३, बिहिबार

अग्निमोटो इन्कको आधिकारिक टु ह्वीलर शो रुम वीरगन्जमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३० मंसिर । महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्नि मोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शो रुम स्थापना गरेको छ । नयाँ सञ्चालमा आएको शोरुममा कम्पनीले प्रदान गर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध छन् ।

नयाँ गोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्य बाइकहरु यस शो रुमबाट विक्रीवितरण गरिएको छ । शो रुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्ट्सहरु उपलब्ध हुनुका साथै विक्री पछिको सेवाहरु पनि उपलब्ध छन् । यो शो रुममा उपलब्ध हुने सेवा एवं सुविधाहरुले वीरगन्ज तथा आसपासका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने छ ।

महिन्द्रा शोरुमहरुबाट अधिराज्यभरका ग्राहकहरुले उच्चस्तरीय ब्राण्ड एक्स्पेरियन्सको साथमा गुणस्तरीय सेवा प्राप्त गर्दै आउनु भएको छ । कम्पनीले नयाँ शोरुमको स्थापनाको उद्देश्य आफनो गुणस्तरीय सोवा आम ग्राहकहरु समक्ष सुलभ तरिकाबाट प्रदान गर्नु रहेको छ ।