– जम्बला लामा
नेपाली काँग्रेसको सभापति तथा अलोकतान्त्रिक प्रधानमन्त्री शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धनको नराम्रोसँग हार व्यहोर्नुपर्ने अवस्था शेरबहादुर देउवा आफै कारक बनेको भन्ने काँग्रेसका काठमाडौं क्षेत्र ४ नं. बाट निर्वाचित युवा नेता गगन थापाको भनाइबाटै प्रष्ट्याएको छ ।
नम्बर एक
हार्नुको कारण देउवाले प्रथमत बाम गठबन्धन अर्थात मिलीजुली सरकारमा रहेको माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो जालमा पारी केपी ओली सरकारमा रहेको वाम गठबन्धन सरकारलाई चक्नाचुर पारी प्रथम प्रधानमन्त्री बनाउने शर्तमा प्रचण्ड दाहाललाई उक्साएर, फकाएर प्रधानमन्त्री बन्नुमा बनाए । त्यसपछी दाहालको मतहातबाट प्रथम स्थानीय तहको निर्वाचन गर्न देउवाले समर्थन गरेपछी प्रचण्ड दाहाल पनि को भन्दा को कमको ढाँचाबाट केपी ओली सरकारलाई दिएको समर्थन र आफ्नो मन्त्रीहरुलाई फिर्ता बोलाए ।
र लगतै आफुले प्रधानमन्त्री पद सम्हाल्न तयार भएको पक्कै हो । प्रचण्ड दाहाल प्रधानमन्त्री पनि भए तर सबै निर्देशनहरु देउवाको नै भएको कारण प्रहरी महानिरिक्षक कसलाई बनाउने भन्नेमा होडबाजी पनि चले । अर्थात हालै मात्र डिआइजी पदबाट राजिनामा दिएर एमालेमा प्रवेश भएर ललितपुर क्षेत्र नं.१ बाट प्रतिनिधिसभाको सभासदमा पनि निर्वाचित भएको पूर्व डिआइजी नवराज शिलवालको जागिरको नै दक्षी उडाए । अर्थात देउवा पनि आर्जु राणाको दवाव र रवावको कारण तेस्रो स्थानमा भएको डिआइजी जय बहादुर चन्द डिआइजीलाई देउवाको निर्देशन अनुसार पूर्व प्रधानमन्त्री दाहालले पनि धोका दिई जयबहादुर चन्दलाई जवरजस्ती आइजीवी नियुक्ति गरे ।
सर्वोच्चद्धारा सिलवाल पक्ष निर्णय गरी जय बहादुर चन्दलाई हटाई नवराज सिलवाललाई नै सदर गरिएको थियो । त्यतिखेरको महिला प्रधानन्यायाधिस सुसिला कार्कि नै हुनु भएको थियो । प्रधानन्यायाधिस कार्कीद्धारै नै सिलवालले न्याय पाएको थियो ।
नम्बर दुई
पूर्व प्रधानन्यायाधिस सुसिला कार्किलाई शेर बहादुर देउवाले ठूलो दवाव पनि दिए र अन्तिममा उनले पूर्व प्रधानमन्त्री दाहाललाई अघि सारे । पूर्व प्रधानन्यायाधिस कार्किलाई ठाडो आदेश दिएर सिलवाल पक्ष भएको फैसलालाई वदर गरी जय बहादुर चन्द पक्ष निर्णय गर्नु भनि स्वयं दाहाल सुसीला कार्कीलाई भेट्न गएको थियो । साथै माओवादी नेता वर्षमान पुनले पनि दवाव दिन गएको समाचार अखबारमा आएको थियो । त्यसबाट पनि फाइदा नभएपछी देउवालाई जय बहादुर चन्दबाट लिएको आर्थिकले अति मन पोलेको थियो देउवालाई ।
नम्बर तीन
त्यसपछी देउवाको मनमा कुबुद्धि बृद्धि भएको कारणले उनले तुरुन्त पुर्व प्रधानन्यायाधिस सुसिला कार्कि माथि महाभियोग लगायो । के यो विचार ठिक थियो देउवा जी ? एकजना देवी माता अर्थात अन्धो कानूनको अन्धोपनलाई आँखा खोलाउने तराजुमा बस्ने पवित्र महिला प्रधानन्यायाधिस सुसिला कार्कीमाथि महाभियोग लगाएर देउवाले आफ्नो मर्दाङ्गी देखाएको होइन ? के पायो त फल देउवाले ? यी कुवुद्धि बाट । देउवाले पाएको फल भनेको स्थानीय तहदेखी हाल केन्द्र र प्रदेश सभाको निर्वाचनमा हारको फल जनताले देखाए । सायद देउवालाई महसुस भएको होला । अर्थात आफ्नो घमण्डी र मुर्खताको विचारले गर्दामा पार्टीलाई धेरै क्षति पुगेको आभाष पनि देउवालाई हुनुपर्छ ।
नम्बर चार
देउवाको घमण्डी विचारहरुले गर्दा काँग्रेसको वरिष्ठ नेता तथा लोकप्रिय नेताहरुले पनि हार्नु परेको छ । त्यो कसले गर्दा भने शेरबहादुर देउवाको कारण हो भने काँग्रेसजन भित्रबाट नै हल्ला आएको छ । अर्थात अब देउवाले सभापती पदबाट नै राजिनामा दिनुपर्ने प्रतिक्रियाहरु पनि अखबारहरुमा आएको छ । र देउवालाई १४ वर्ष अघि देखिनै उनी असक्षम प्रधानमन्त्री भएको सर्वविधितै छन् । तर हाल स्थानीय तहको निर्वाचन पछी उनी आफु जवरजस्ती प्रधानमन्त्री भएपछी उनले पहिलो भन्दा महाअसक्षम र राष्ट्रको ढुकुटी नै सखाप पा¥यो र काँग्रेस पाटीलाई ने चकनाचुर पारी असक्षम प्रधानमन्त्री भएकोमा काँग्रेस कार्यकर्ता र काँग्रेस समर्थक जनताबाट ठूलो गुनासोहरु आएको छ ।
नम्बर पाँच
देउवाको मनमा बाम गठबन्धनले जित्यो भने विदेशी राष्ट्रहरुबाट सहयोग आउँदैन र चुनाव पनि गर्दैन । अर्थात सधै कम्युनिष्ट सरकार हुन्छ र अधिनायक वाद एक तन्त्र शासन लागु गरी जनतालाई कही पनि बोल्न पाउँदैन भनी जनतालाई झुटको भ्रम फैलाई वाम गठबन्धनलाई गाली बेइजत शब्द प्रयोग गर्नु नै ठूलो अपराध भएको कारण अर्थात जनतालाई पनि देउवाले उनको गुलामी ठानी गाली गरेको महसुस भएको कारण काँग्रेसलाई ठूलो चोट पुगेको जनमहसुस भएको छ ।
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
स्व.लक्ष्मी प्रसाद देवकोटाको यो कविता सायद देउवालाई थाहा हुनुपर्ने हो । देउवा आफुचाही राष्ट्रप्रमुख (प्रधानमन्त्री) विचारचाहि कमिलाको जस्तो भएको कारण देउवाले पतनको बाटो रोजेको होकी भन्ने जनसमुदायको विचार आएको छ । त्यसकारण देउवा राष्ट्रप्रमुख भएर बोलेको भाषा पूर्ण रुपमा अशुभ थियो । त्यसमा देउवाको ध्यान जान्छ की ?
नम्बर छ
कहाँ गयो देउवाको लोकतान्त्रिक गठबन्धन ? देउवाले अलोकतान्त्रिक गठबन्धन अर्थात लोकतन्त्रको नै खिल्ली उडाउने र मरेको हात्ती अथवा नभएको राजाको काँध थापी हिड्ने र धर्म निरपेक्षताको विरोध गर्ने पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पशुपती राणा र अध्यक्ष कमल थापा जस्तो व्यक्तिहरुलाई लोकतान्त्रिक गठबन्धनको काँधमा राख्नु देउवाको ठूलो गल्ती भएको जनसमुदायलाई महसुस भएको छ । अनि देउवा लोकतन्त्र वादी हो की राजावादी ? जनताले बुझ्न खोजेको छ यसको जवाफ देउवाले दिने की ? साथै देउवाले आफु जितेपनि हारेको नै हो भन्ने जनविचारहरु आएको छ ।
हार्दिक बधाई तथा शुभकामना
२०७४ साल मंसिर १० गते र २१ गते सम्पन्न भएको नेपालको आसन्न निर्वाचन अर्थात केन्द्रिय तथा प्रदेश सभाको निर्वाचन सफल भएको उपलक्ष्यमा सम्पूर्ण कर्मचारी, निर्वाचन आयोग तथा जनसमुदाय लाई म मेरो तर्फबाट हार्दिक बधाई तथा हृदयदेखी शुभकामना तथा धन्यवाद व्यक्त गर्दछु ।
सुनलाई कसी लाउनु पर्दैन
अर्थात गणतान्त्रिक लोकतन्त्रको हस्ती बनेको छ बामगठबन्धन अर्थात एमाले र माओवादीको काँधमा जनताले राष्ट्रको विकास निर्माण, राष्ट्रको शिक्षा पद्दती, राष्ट्रको औद्योगिकरण र शिक्षा स्वास्थ्य सम्बन्धि र रोजगार मुलकको राष्ट्र बनुन भनि शरिर, वचन र मनको शकल्प गरेको छ । अब यी विषयहरुलाई मध्यनजर गरी वामगठबन्धन सरकारले जनहित कार्य गरी देखाउनु छ भन्ने ठूलो भरोसाको साथ विश्वासमा परी ढुक्क रहेको छ । बाम सरकारले कस्तो किसिमको नीति नियम ल्याउने हो जनताले त्यो आशा र भरोसामा विश्वास परेको छ । र बामगठबन्धन सरकारले पक्ष विपक्ष भनि भेदभाव नगरीकन सबै पार्टीलाई एकजुट गरी एउटै दृष्टीकोण राखी सम्मानजनक व्यवहार गर्ने विकल्प छैन ।
अब हाम्रै पालो हो मौकामा चौका हान्नुपर्छ भनि मौका नछोपुन भन्ने जनविचारहरु आएको छ र राष्ट्र निर्माणको विषयमा मधेस दल होस या काँग्रेस दल र राप्रपा जुनसुकै दल भएपनि अब आउँदो पाँच वर्षभित्रमा राष्ट्र निर्माणको कार्य सम्पन्न गर्नको लागी सबै पार्टीहरु एकजुट भई अगाडी बढ्नुको लागी जनसमुदायले सुझाव गर्दछु । अबको सरकारले राष्ट्रको ढुकुटी सिध्याउने होइन । राष्ट्रको ढुकुटी लाई भराउने काम गर्नु उचित हुन्छ ।
(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)
















प्रतिक्रिया