काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले नेतृत्व फेर्ने घोषणा गरेका छन् । नेता गगन थापाले नेतृत्वले विश्राम लिएर युवालाई हस्तान्तरण गर्नुपर्ने र यसो नगरिए सांगठनिक हस्तक्षेप गर्ने चेतावनी दिइरहेका बेला धनराजले पनि सभापति शेरबहादुर देउवालाई कुर्सीबाट उतार्ने बताएका हुन् ।
माउन्टेन टेलिभिजनसँग कुरा गर्दै उनले भने– कांग्रेस नेतृत्वको औचित्य सकियो, अब विशेष महाधिवेशनबाट नेतृत्व फेर्छौं ।’ उनले कांग्रेस हारको जिम्मा पार्टीको नेतृत्वले लिनुपर्ने बताए । पार्टी विधि, विधानबाट चल्नुपर्ने भन्दै उनले विधिअनुसार नचलेकाले जनताले सबक सिकाएको उनको टिप्पणी छ ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया